Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशकेन्द्रित दललाई वार्तामा आउन प्रमको आग्रह - Himalkhabar.com

समाचारमंगलबार, चैत्र ३०, २०७२

मधेशकेन्द्रित दललाई वार्तामा आउन प्रमको आग्रह

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्ट मधेशकेन्द्रित दलहरुलाई वार्तामा आउन आग्रह गरेका छन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ता र संवादमार्फत सबै प्रकारका समस्याको हल हुने भएकाले कुनै पनि बहानाबाजी नगरी सार्थक संवादमा आउन आग्रह गरे ।

उनले भने, “लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन । लोकतन्त्रका विभिन्न आयाम हुने भएकाले अराजकता स्वीकार्य हुँदैन ।”

प्रधानमन्त्रीले चाडवाडका बेला जनताले मट्टितेल नपाएको, जीवन रक्षक औषधि नभएको र मुलुक अघोषित नाकाबन्दीको चपेटामा परेको असाध्यै अप्ठ्यारो अवस्थामा सरकार गठन भइ ६ महिना पूरा गरेको बताए । उनले नाकाबन्दीलाई विर्षनै नहुने कठिन घटना भने ।

उनले प्रश्न गरे, “राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको आन्दोलनमा आधा शताब्दी बिताएको र १४ औँ वर्ष जेल बसेको व्यक्ति कसरी विभेदकारी हुन सक्छ ?”

प्रधानमन्त्रीले जनताको मागअनुसार जारी भएको संविधानप्रति असन्तुष्टि रहे संशोधनका प्रक्रियाबाट सम्बोधन गर्न सकिने स्पष्ट पारे ।

राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य भएको भन्दै उनले तराई मधेशको बन्द हड्ताल र त्यसले देश र जनताको हित विपरीत पारेको प्रभावप्रति सचेत रहन आग्रह गरे ।

प्रधानमन्त्रीले देशलाई एक वर्षभित्र तुइनमुक्त बनाउने सरकारको अभियान पूरा हुने भन्दै कुल १७१ तुइनमध्ये तीन वटा झोलुङ्गे पुलले विस्थापित गरिसकेको र ९ वटा झोलुङ्गे पुल निर्माणाधिन रहेको जानकारी दिए ।

उनले आफू जीवनभर मानवअधिकारका लागि संघर्ष गरेको व्यक्ति भएको बताउँदै त्यसप्रतिको आफ्नो प्रतिवद्धतामा शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही चैत २५ गते ६ महिना पूरा गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>