रमझममंगलबार, चैत्र ३०, २०७२

नयाँ वर्षबाट ‘हाम्रो कथा डट कम’ शुरु हुने

हिमालखबर

नेपालमा पहिलो पटक ‘अडियोभिजुअल स्टोरी टेलिङ पोर्टल’ शुरु हुने भएको छ ।

hamrokatha (1)कथानेपाल प्रालिले नयाँ वर्षबाट हाम्रोकथा डटकम (hamrokatha.com) मार्फत समाजका विभिन्न पात्र र विषयका कथा भन्ने जनाएको छ ।

“नेपाली कथालाई उजागर गर्न पोर्टलको सहरा लिएका हौं”, कथानेपालका प्रवन्ध निर्देशक मनोज पाण्डे भन्छन्, “समाजका अनेक कथालाई एकै ठाउँमा ल्याउनु हाम्रो उदेश्य हो ।”

चैत ३० मा आयोजित पत्रकार सम्मेलनमा हाम्रोकथा डटकमको पहिलो झ्लक सार्वजनिक गरिएको थियो ।

पोर्टलमा समावेश हुने ‘शुभकामना’ र ‘लाशको आश’ नामक दुई छोटा चलचित्र कार्यक्रममा देखाइयो ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेसमेत उपस्थित कार्यक्रममा घिमिरेको ‘कस्तो हुन्थ्यो’ शिर्षकको कवितालाई श्रव्यदृश्य माध्ययमा प्रस्तुत गरियो ।

“कविताको भावअनुसारको परिवेश मिलाएर भिडियो बनाइएको पाउँदा खुशी लाग्यो”, घिमिरेले भने ।

उनले देशको कथा–व्यथा र सौन्दर्यलाई प्रकाशमा ल्याउन यस्ता संस्था प्रभावकारी हुने बताए ।

ननफिक्सन, फिक्सन, म्युजिकल र अन्य प्रयोगात्मक श्रव्यदृश्य सामग्रीहरू समावेश हुने पोर्टलमा हरेक दिन कम्तिमा एउटा नयाँ कथा प्रस्तुत गर्ने कथानेपालका पाण्डे बताउँछन् ।

“हाम्रो आन्तरिक सदस्य र अन्य फिल्मकर्मीले बनाएका सामग्री अपलोड गर्नेछौं”, उनी भन्छन्, “यो प्रयासले नेपाली फिल्म मेकिङको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”
-सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>