समाचारमंगलबार, चैत्र ३०, २०७२
२०७२ सालका ६२ घट्ना
वि.स. २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान पाएको नेपालले विनासकारी भूकम्प र भारतको अघोषित नाकाबन्दी झेल्नु पर्यो । वर्ष भरीका ६२ प्रमुख घट्ना यस्ता छन्ः
३० चैत
–खोटाङको महादेवस्थान, बर्खेटारमा यात्रुवाहक बस दुर्घटना, २४ जनाको मृत्यु ।
–प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीको नाममा सम्बोधन ।
२६ चैत
नेपाल बार एसोसियसनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित ।
२४ चैत
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन ।
८ चैत
नेपाल र चीनबीच पारवहन लगायत विभिन्न १० विषयमा सम्झौता/समझदारी
७ चैत
प्रधानमन्त्री केपी शर्मा ओली चीनको साता व्यापी भ्रमणमा ।
३० फागुन
–न्यायपरिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश सुशीला कार्किलाई सिफारिस गर्ने निर्णय ।
–ब्याङ्क लकरमा गोली भेटिएपछि एमाओवादी सांसद तथा पूर्व मन्त्री ल्हारक्याल लामा प्रहरी नियन्त्रणमा ।
२४ फागुन
रामचन्द्र पौडैललाई पराजित गर्दै शेरबहादुर देउवा काँग्रेस सभापति निर्वाचित ।
२० फागुन
नेपाली काँग्रेसको तेह्रौं महाधिवेशन काठमाडौंमा शुरु ।
१४ फागुन
कालीकोटमा एयर काष्ठमण्डपको विमान दुर्घटना हुँदा पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु ।
१२ फागुन
तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा १९ को मृत्यु ।
८ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न सात वटा सम्झौतामा हस्तक्षार
७ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा ।
३ फागुन
दक्षिण एसियाली खेलकुद (साग) मा फुटबल अन्तर्गत भारतलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जित्यो । जुडोमा फुपु ल्हापु खत्री र करातेतर्फ निमा घर्ती मगरलाई स्वर्ण पदक ।
२६ माघ
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन ।
२५ माघ
आमहड्ताल बन्द गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णय ।
८ माघ
बहराईन यु–२३ लाई पराजित गर्दै बंगबन्धु कपको उपाधि नेपालले जित्यो ।
१० पुस
–नेपाल र चीनबीच परराष्ट्र मन्त्रीयस्तरीय ८ बुँदे सहमति ।
–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त ।
९ पुस
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद संख्या ४० बनाउने निर्णय ।
२३ मंसिर
संसदको विधायन समिति बैठकबाट पुननिर्माण विधेयक पारित ।
१८ मंसिर
एसियाली फुटबल महासंघद्वारा म्याच–फिक्सिङका आरोपी सागर थापा, सन्दिप राई, विकाससिं क्षेत्री, रितेश थापा र अन्जन केसीलाई आजिवन प्रतिबन्ध लगाउने निर्णय ।
३० कार्तिक
एन्फा अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघद्वारा १० वर्षे प्रतिबन्ध ।
२५ कार्तिक
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त गर्ने घोषणा ।
१८ कार्तिक
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्त ।
१७ कार्तिक
रसुवाको राम्चेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जनाको मृत्यु ।
१४ कार्तिक
एमाओवादी नेता नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित ।
११ कार्तिक
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित ।
२९ असोज
–व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ति मगर र उपसभामुखमा गंगाप्रसाद यादव निर्वाचित ।
२७ असोज
म्याच फिक्सिङको आरोपमा नेपाली फुटबल टिमका कप्तान सागर थापा सहित ५ जना पक्राउ ।
२४ असोज
–एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित ।
–बाबुराम भट्टराईले साँसद पदबाट दिएको राजिनामा स्विकृति ।
१८ असोज
गुल्मीको उर्लेनीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु र १७ घाइते ।
१४ असोज
प्रधानमन्त्री सुशील कोइरालाद्वारा उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्त ।
४ असोज
नयाँ संविधानको विषयलाई लिएर भारतद्धारा अघोषित नाकाबन्दी ।
३ असोज
–संविधानसभाबाट नेपालको संविधान जारी ।
–संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित ।
१ असोज
रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा ८ को मृत्यु र ४२ जना घाईते ।
३० भदौ
संविधानसभा बैठकबाट नेपालको संविधान दुई तिहाई भन्दा बढी मतले पारित ।
२९ भदौ
रुपन्देहीको भैरहवा—लुम्बिनी खण्डमा पर्ने बेथरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पाँच जनाको मृत्यु ।
२३ भदौ
महोत्तरीको जलेश्वरमा जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु ।
१५ भदौ
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाकोे विरोध प्रदर्शनका क्रममा ५ को मृत्यु ।
७ भदौ
कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा सेती अञ्चल प्रहरी प्रहरी प्रमुख लक्ष्मण न्यौपाने सहित आठ जनाको हत्या ।
३ भदौ
प्रहरीको जवाफी फायरिङमा कुमार श्रेष्ठ ‘घैंटें’ को मृत्यु ।
२७ साउन
मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा ।
२५ साउन
प्युठानमा बस दुर्घटना हुँदा १० को मृत्यु ।
१८ साउन
उच्च माध्यमिक शिक्षा परिषद्ले ३९ वटा उच्च माविको अनुमति खारेज ।
१५ साउन
अर्बौ रुपैयाँ ठगी गरेको आरोप लागि फरार रहेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ ।
९ साउन
नवलपरासीको कुडिया ४– का १० वर्र्षीयलाई ‘बली’ दिएर हत्या गरेको आरोपमा कोदई हरिजन, गंगा हरिजनरुदल हरिजन, सूर्यमान हरिजन र बिजय हरिजन पक्राउ ।
१० असार
नेपाल सरकारद्वारा भुकम्पपछि सहयोग जुटाउन ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’को आयोजना ।
२७ जेठ
ताप्लेजुङमा पहिरोमा परी ४१ को मृत्यु
२५ जेठ
प्रमुख ४ दलबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति ।
२१ जेठ
कपिलवस्तुमा पानी ट्याङ्कीमा निस्सासिएर पाँच जनाको मृत्यु ।
१९ जेठ
माउण्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा एक विदेशी सहित ४ को मृत्यु ।
११ जेठ
सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरत उप्रेतीद्वारा आत्महत्या ।
५ जेठ
डडेल्धुराको गौरानजिक यात्रुबाहक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु ।
१ जेठ
उद्धारका लागि दोलखा पुगेको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ६ अमेरिकी र २ नेपाली सेनाको मृत्यु ।
२९ बैशाख
सिन्धुपाल्चोक केन्द्रविन्दु ६.८ रेक्टर स्केलको पराकम्प, थप मृत्यु ।
२६ बैशाख
महाभूकम्प पीडितहरुको राहत र पुनःस्थापनाका लागि व्यवस्थापिका संस
दमा प्रमुख दलहरुद्वारा २९ बुँदे संकल्प प्रस्ताव प्रस्तुत ।
२४ बैशाख
गोरखाको बारपाक केन्द्रविन्दु बनाएर १२ वैशाखमा गएको महाभूकम्प र त्यसपछि गोरखादेखि सिन्धुपाल्चोकसम्म केन्द्रविन्दु बनाएका पराकम्पनका कारण काठमाडौं वरिपरिको क्षेत्र दक्षिण–पश्चिम दिशामा सरेको र एक मिटर बढीसम्म अग्लिएको नापी विभागको ठहर ।
१२ बैशाख
गोरखाको बारपाक आसपास केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको विनासकारी भूकम्प । करिब नौ हजारको मृत्यु । ६ लाख भन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
