खेलकुदबुधबार, बैशाख १, २०७३

वीरगञ्ज: ‘स्लो स्कुटी रेस’ मा भारती गुरुङ् प्रथम

हिमालखबर

slow scooty race  (5)वीरगञ्ज जेसीजले वीरगञ्जमा ‘स्लो स्कुटी रेस’ प्रतियोगिताको आयोजना गरेको छ ।

जेसिज सप्ताह २०१६ र नयाँ वर्षको अवसरमा १ बैशाखमा आयोजित प्रतियोगितामा वीरगञ्जकी भारती गुरुङ प्रथम, सीता विन द्वितिय र सविता श्रेष्ठ तृतीय भएका छन् ।

वीरगञ्जको घण्टाघरदेखि माईस्थानसम्म स्कुटी चलाउँदै जाने क्रममा सबैभन्दा ढिलो पुगेकी भारती प्रथम भइन् ।

????????????????????????????????????

तिव्र गतिले धेरै दुर्घटना हुने हुँदा ‘आफू र अरुको जीवन रक्षाका लागि विस्तारै सवारी हाँक्नुपर्छ,’ भन्ने सन्देश दिन स्लो स्कुटी रेसको आयोजना गरिएको वीरगञ्ज जेसिजका अध्यक्ष राजेश पटेलले बताए ।

प्रतियोगितामा १३ जना सहभागी थिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...