समाचारबुधबार, बैशाख १, २०७३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् ।
पोखरा उपमहानगरपालिका–१४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने विमानस्थलले ३ हजार ७३५ रोपनी जग्गा ओगट्ने छ ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए । उनले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गरे । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
