थप समाचारबिहीबार, बैशाख २, २०७३
रत्नपार्कको आम्दानी एकै दिन एक लाख
नयाँ वर्षको पहिलो दिन रत्नपार्कको आम्दानी रु एक लाख तीन हजार भएको छ । यो अहिलेसम्मकै धेरै हो ।
रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार ३ हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी १ वैशाखमा पार्कमा आएका थिए ।
नयाँ व्यवस्थापन र निःशुल्क इन्टरनेट सुविधा भएका कारण उल्लेख्य मात्रामा अवलोकनकर्ता आउने गरेको उनले बताए।
पार्कमा गत वर्ष चैत ५ गतेबाट निःशुल्क इन्टरनेट राखिएको थियो ।
“अन्य दिन पार्कको सरदर आम्दानी रु २५ हजारसम्म मात्र हुन्थ्यो” केसीले भने । यहाँ विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>