खेलकुदबिहीबार, बैशाख २, २०७३

नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपालमा

हिमालखबर

Namibiaविश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी ४ र ६ वैशाखमा हुने प्रतियोगितामा सहभागिता जनाउन १७ सदस्यीय टोली आज नेपाल आइपुगेको हो ।

उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०की कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् । नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ ।

अघिल्लो चरण प्रवेश गर्न नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष ४ भित्र पर्ने सम्भावना बलियो हुनेछ ।

उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।
प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ भने नामिबियाले दुई अङ्क जोडेको छ ।
नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>