समाचारबिहीबार, बैशाख २, २०७३
जापानी सांसदको चासो, ‘हामीले पठाएकाे सहयाेग भूकम्प पीडितले पाए ?’
नेपालमा गत वर्ष गएको महाभूकम्पका लागि जापान सरकारसहित विभिन्न निकायले पठाएको रकमबारे जापानका सांसदहरुले चासो व्यक्त गरेका छन् ।
उनीहरुले महाभूकम्पको झण्डै वर्ष पुग्न लाग्दा नेपाल आएको ३२ अर्वप्रति चासो जनाएका हुन् । “जापान सरकारसहितका संस्थाहरुले पठाएको रकम कहाँ, कति, कसरी खर्च भइरहेको छ ?”, उनीहरुको चासो छ ।
जापानी एक सांसदले भने, “जापान सरकारसहित विभिन्न संघसंस्थाबाट हामीले करीब ३२ अर्ब पठाएका छौं । भुकम्प पीडितले राहत पाएका छन् कि छैनन् ?”
मुलुकी ऐन प्रतिस्थापनकाका लागि बृहत अध्ययनको क्रममा संसदको बिधायन समितिका सदस्य र जापानी सांसदहरुको टोलीबीच आज, २ वैशाखमा जापानको House of Representative 1st Diet Member को कार्यालयमा भेटवार्ता भएको थियो ।
बधायन समितिकी सभापति गंगा चौधरी सत्गौवा नेतृत्वमा रहेको नेपाली टोलीले जापानी सांसदहरुको जिज्ञासाको जवाफ दिदै भूकम्पपीडितको राहतका लागि सरकारले पुननिमार्ण प्राधिकरण गठन गर्नेलगायतका काम गरिरहेको जवाफ दिएको थियो ।
नेपाली टोलीका तर्फबाट कांग्रेस सांसद राधेश्याम अधिकारीले आउने बर्षायाम अघि नै अधिकांश पीडितले बस्ने घर पाउने संभावना रहेको बताए । गत २८ चैतमा जापान गएको नेपाली टोली ५ वैशाखमा नेपाल फर्कदै छ ।