Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सशस्त्र समूहका पूर्व कमाण्डर भन्छन, ‘यस्तो गल्ती कसैले नगरोस’ - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख २, २०७३

सशस्त्र समूहका पूर्व कमाण्डर भन्छन, ‘यस्तो गल्ती कसैले नगरोस’

हिमालखबर

माओवादी लडाकु हुँदै भूमिगत सशस्त्र समूहका कमाण्डर रहेका भाजु पटेल अहिले ती दिनप्रति पश्चाताप गर्दै गैससमा सहयोगीको काममा छन् ।

-सुरेश बिडारी, वीरगञ्ज

भाजु पटेल

भाजु पटेल

पाँच कक्षासम्म अध्ययन गरेका पर्साको लालपर्सा–७ का ३० वर्षीय पटेल १६ वर्षको उमेरमै २०५७ सालमा माओवादी पार्टीमा आवद्ध भए– ‘बिपन्न र हेपिएकाको मुक्तिका लागि’ भन्ने नाराबाट प्रभावित भएर । त्यहीबीच १५ दिने लडाकु तालीम लिएका उनी दुईवटा लडाइँमा पनि भिडे । गोली लागेर घाइते भएका साथीहरुलाई पार्टीले बेवास्ता गरेपछि माओवादीसँग मोहभंग भएको उनी बताउँछन् ।

२०६३ सालतिर वीरगञ्ज र वरपर ज्वाला सिंह नामको भूमिगत सशस्त्र समूहको आतंक नै थियो । माओवादीबाट दिक्क भएका पटेललाई मधेश र मधेशीका लागि लड्नुपर्छ भनेर उक्साइयो । त्यसैबेला पटेल ज्वाला सिंह समूहमा आवद्ध हुनपुगे, यसबेला पनि उनलाई उही ‘मुक्ति’ को नाराले आकर्षित गरेको थियो । उनको नाम रह्यो आकाश सिंह ।

पटेल भन्छन, “त्यसबेला आफूले जे चाह्यो त्यही हुन्थ्यो ।” फोन धम्की, चन्दा असुली जस्ता विविध घटना घटाउने र सञ्चारमाध्यममा प्रचारबाजी उनको दैनिक बन्न पुग्यो ।

“कतिपयले त १० लाख असुलेर पार्टीमा १० हजार बुझाउने गर्न थाले । भूमिगत संगठन टुक्रिनुको मुख्य कारण पैसा बन्न पुग्यो, अधिकार र मुक्तिका कुरा त हामीजस्तालाई प्रयोग गर्न मात्रै रहेछ,” उनी भन्छन् ।

असुलीको रकममा कुरा नमिल्दा भारतमा रहेकाबेला उनीमाथि आफ्नै साथीले गोली हाने । तर, उनलाई कसैले सहयोग गरेन । भन्छन, “त्यसबेला जग्गा बेचेर लखनउमा उपचार गराएँ, यता मेरै नाममा अरुले पैसा उठाउन शुरु गरेछन् ।”

सशस्त्र समूहमा छँदा करोडौं रकम उठाएर सबै नेतृत्वलाई बुझाएको दाबी गर्ने उनी आफ्ना लागि केही नराखेको बताउँछन् ।

४ वर्ष ज्वाला सिंह समूहमा रहँदा उनी क्षेत्रिय कमाण्डर, जिल्ला कमाण्डर हुँदै उनी केन्द्रिय सदस्य बने, पर्साका सबै गाविसमा संगठन विस्तार गरे । २०६७ सालमा उनी पक्राउ परे ।

४ वटा कर्तब्य ज्यान, एउटा ज्यान मार्ने उद्योग र चार वटा हातहतियार तथा खरखजनाको मुद्दा लागेका उनी ५ वर्ष १ महीना जेलमा बसेर छुटे । २०७२ भदौ १२ गते उनलाई अदालतले प्रमाणको अभावमा रिहा गरेको थियो ।

“कारागारमा रहेका बेला सोचें, यो सबै खेल त परिवर्तन र अधिकारका नाममा पैसा कमाउनका लागि रहेछ,” उनी भन्छन्, “आफू अरुको हतियार भइएछ । मैले, परिवारले अझ जनताले पाएको दुखकष्टको कुनै मुल्य नै रहेनछ ।”

“त्यो त राजनीतिका नाममा सिधासोझालाई बलि चढाएर आफ्नो स्वार्थ पूरा गर्ने खेल रहेछ,” पटेलले अनुभव सुनाए ।

अहिले पनि विभिन्न राजनीतिक दलले पार्टीमा आउन आग्रह गरिरहेको बताउने उनी भन्छन, “हामी जस्ता युवा दलमा लागेर के गर्ने ? गगन थापाजस्तो मान्छे त पार्टीमा लागेर कपाल फुलीसक्यो । केही गर्न सकेका छैनन ।”

तीन सन्तानसहित सम्पूर्ण परिवारको जिम्मा उनकै काँधमा छ । पटेल अहिले सानो पाइला नामक गैर सरकारी संस्थाका जागिरे छन् । सानो पाइला बालबालिका, युवासंग सम्बन्धित विविध क्षेत्रमा काम गर्ने संस्था हो । उनी त्यही संस्थामा मासिक रु १० हजार ५ सयमा सहयोगीको काम गर्छन् ।

भाजु भन्छन, “यत्रो समय बर्बाद पारियो, कोही पनि यस्तो बाटोमा नलागोस्, मेरोजस्तो गल्ती अरुले नगरुन् । ”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>