समाचारबिहीबार, बैशाख २, २०७३
राष्ट्रिय आन्दोलनको तयारी गर्दै मोर्चा
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनजातिसँग संयुक्त रुपमा राष्ट्रिय आन्दोलन गर्ने तयारी गरिरहेको छ ।
६ वैशाखबाट शुरु हुने आन्दोलनका लागि संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तिनकुनेमा आज, २ वैशाखमा बैठक बसेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए । उनका अनुसार आन्दोलनको व्यवस्थापनबारे छलफल भएको हो ।
नाकाबन्दीसहितको मधेश केन्द्रीत आन्दोलन गत २५ माघमा स्थगित गरेको मोर्चाले राष्ट्रिय आन्दोलन गर्ने जनाएको छ । गत २७ चैतमा मोर्चाले जनजाति दलहरुसँग सहमति गरिसकेको छ ।
संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीको मोर्चामा केही महीनायता राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिक पनि संलग्न छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>