थप समाचारबिहीबार, बैशाख २, २०७३

कपिलवस्तुमा आगलागीबाट ५० घर सखाप

हिमालखबर

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

कपिलवस्तुको जहदी– ७ रेहरा गाउँमा आज दिउँसो भएको आगलागीबाट ५० घर जलेर खरानी भएका छन् ।

आगलागीबाट रु १ करोड बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको प्रहरी उपरीक्षक विष्णु कुमार के.सी.ले बताए ।

स्थानीय राममिलन कुर्मीको घरबाट शुरु भएको आगलागी दिउँसो चलेको हावाहुरीसँगै फैलिएर ५० घर सखाप भएको स्थानीयले बताएका छन् ।

blaze1कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासबाट आगो २ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागी पीडित अहिले खुला आकाश मुनी छन् । पीडितहरुलाई राहत संकलन र वितरणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले बताइन् ।

यसै साता जिल्लाको कुशहवा गाविसको वडा नं. १ र २ मा आगलागी हुंदा १२५ घर गोठ जलेका थिए ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...