Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जापानमा भूकम्प, केही घरहरु भत्किए - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख २, २०७३

जापानमा भूकम्प, केही घरहरु भत्किए

हिमालखबर

japanदक्षिणी जापानमा ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि त्यहाँका केही घरहरु भत्किएका छन् ।

जापानी अधिकारीहरुका अनुसार स्थानीय समय अनुसार राति ९ः२६ बजे गएको भूकम्पका कारण कुमामोटो शहरका केही घरका भित्ता र छत भत्केका छन् ।

भूकम्पको केन्द्र सतहभन्दा १० किलोमिटर भित्र रहेको र पहिलो झटकापछि फेरि ५.७ म्याग्निच्यूडको अर्को भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन भने क्युशुस्थित सेन्दाई र गेंकाइ परमाणु संयन्त्रमा कुनै क्षति पुगेको छैन ।

भूकम्पबाट मानवीय क्षतिको खबर प्राप्त नभए पनि कुमामोटो प्रान्तमा भग्नावशेषमा केही मानिसहरु अड्केको हुन सक्ने प्रहरीको अनुमान छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सरकारका प्रवक्ता योशिहिदे सुगाले केही घर भत्केको र अहिले क्षति विवरण संकलन भइरहेको बताएका छन् ।

जापानमा भूकम्पका झट्का आइरहे पनि भवन निर्माणको कडा कानूनका कारण धेरै नोक्सान हुन पाउँदैन ।

आज गएको भूकम्पको केन्द्र वस्ती रहेको ठाउँमा र सतहभन्दा धेरै मुनी नभएका कारण बढी क्षति भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>