समाचारशुक्रबार, बैशाख ३, २०७३
सरकार र मोर्चालाई समझदारी गराउँछौंः कांग्रेस नेता रिजाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले मधेशी मोर्चा र सरकारलाई समझदारीमा ल्याउने भूमिका कांग्रेसले निर्वाह गर्ने बताएका छन् ।
विराटनगर पुगेका नेता रिजालले अहिलेको आवश्यकता दुवैलाई मध्यविन्दुमा ल्याएर निकास खोज्ने भएको बताए । उनले भने, “समस्याको मध्यविन्दु खोजी सम्झौता गराउन कांग्रेसले पहल थाल्ने छ ।”
मधेशी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै उनले मोर्चाले पनि जिद्दी नगरी वार्तामा बस्नु पर्ने बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>