Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उपप्रध्यापक डा भट्टराईलाई अन्तर्राष्ट्रिय सम्मान - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख ३, २०७३

उपप्रध्यापक डा भट्टराईलाई अन्तर्राष्ट्रिय सम्मान

हिमालखबर

बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलार्ई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ ।

विश्वभरका विद्यावारिधि शोधकर्ताबीच भएको प्रतिस्पर्धामा डा भट्टराईले सर्वात्कृष्ट भई सम्मान प्राप्त गरेका हुन् ।
शिक्षा र नेतृत्व रणनीति विधा अन्तर्गत उनले सो सम्मान प्राप्त गरेका हुन् । बेलायतमा वैशाख १ गते सो सम्मानको घोषणा गरिएको डा भट्टराईले जानकारी दिए ।

यसअघि डा भट्टराईलाई गत असोजमा अमेरिकाको कन्सोर्टियम फर दि स्टडी अफ लिडरसिप एन्ड एथिक्स इन एजुकेसन नामक संस्थाले वर्षको सर्वोत्कृष्ट शोधपत्रका रुपमा ‘पल बेगले अवार्ड–२०१५’ बाट सम्मान गरेको थियो ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनबाट भएको विद्यावारिधि शोधलाई अन्तर्राष्ट्रिय रुपमा सम्मान गरिएको पहिलो पटक भएको उनले बताए ।

डा भट्टराईले ‘नैतिक नेतृत्व’ शीर्षकमा गत वर्ष काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनबाट विद्यावारिधि गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>