Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जाजरकोटमा पानीको हाहाकार - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख ३, २०७३

जाजरकोटमा पानीको हाहाकार

हिमालखबर

jajarkotमध्यपश्चिमी पहाडी जिल्ला जाजरकोटमा लामो खडेरीका कारण पानीका मुहान सुकेपछि हाहाकार भएको छ ।

स्थानायी नदी र खोलाहरुमा पनि पानीको मात्राको घटदै गएको छ, केही त सुकिसकेका छन् । पानीका मुहान सुकेपछि जिल्लामा खानेपानीको हाहाकार हुन थालेको छ ।

खेतबारीमा तरकारी, फलफुलका बोटबिरुवा र अन्नबाली सुक्न थालेको भेरीमालिका– १ कालेगाँउका किसान भद्रबहादुर बटालाले बताए ।

पोहोर राम्रो वर्षा नभएका कारण यसपाली पानीका मुहान चाँडै सुकेको स्थानीय बताउँछन् ।

जिल्लाका भेरीमालिका–३ पानीनाउला र स्यालामा रहेका ३ ओटा, भेरीमालिका–४ मुलपानी, बोहरा, इउरी र फुलवारीमा रहेका ५ ओटा, भेरीमालिका– २ का दारनेटा, सिमलचौर, च्याउमुढा, बाँसपानी, चिसापानी, गाँरापानी र बुदबुदीमा मा रहेका ८ ओटा खानेपानीका मुहान सुकेका छन् ।

अहिलेसम्म नसुकेका मुल यसपालीको लामो खडेरीले सुकेको भेरीमालिका २ रिसाङ्गका ७० वर्षीय ओकाध्वज कार्कीले बताए ।
पानीका मुहान सुकेपछि सदरमुकाम खलंगा, बोहरा, रिसाङ्ग, दार, स्याला, डाँडागाउँ, जगतिपुर, भुर लगायतका ठाउँमा पानीको हाहाकार छ ।

सबैभन्दा बढी समस्या सदरमुकाममै छ । सदरमुकामका ठाँटी, गैरीखाली, शान्तिचौतारी, रामजानकीटोल, पिपलडाँडा र थाप्लेका धारामा पानी आउन छाडेको छ ।

जनघनत्व बढ्दै गएको तर खानेपानीको स्रोत घट्दै गएकोले समस्या परेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख महेशी महतोले बताए ।

गत वर्ष गतिलो पानी नपर्दा खानेपानीका मुहान चाँडै सुकेको उनको भनाई छ । केही त जलवायु परिवर्तनको असर पनि हुनसक्ने उनको दाबी छ ।

जिल्ला अस्पताल जाजरकोटमा खानेपानी अभावले सरसफाई र विरामीको उपचार समेत प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालमा आपूर्ती हुदै आएको खानेपानीको मुहान सुक्दै गएपछि विगत दुई महिना देखि नियमित पानी आपूर्ति हुन सकेको छैन । डा बोमलाल बीसीले गाडीबाट पानी बोकेर काम चलाएको बताए ।

भेरीमालिका–२ का किसान बलराम शर्माले लामो खडेरीका कारण खोलामा पानी समेत सुकेको बताए ।
यसपाली भेरी नदीमा पनि पानीको सतह निकै घटेको छ ।

पोहोर राम्रो वर्षा नहुँदा यसपाली खडेरी पर्‍यो । कर्णाली सँग जोडिएका दर्जन बढी गाविसमा खाद्य संकट समेत छ ।
राजेन्द्र कार्की, जाजरकोट

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>