खेलकुदशनिबार, बैशाख ४, २०७३

नेपाल ५ विकेटले विजयी

हिमालखबर

bbविश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा नामिबियासँग भएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

५ विकेट गुमाउदै नेपालले १९६ रनको लक्ष्य भेटाएको हाे। शरद भेषवाकार र विनाेद भण्डारीकाे फराकिलाे साझेदारीले नेपाललाई जित सहज भएकाे हाे । उनीहरुले नटअाउट ८४ रनकाे साझेदारी गरे ।

यसका लागि शरद भेषवाकारले २ चाैकासहित ९९ बलमा ५० रन, विनोद भण्डारीले ३ छक्का, १ चाैकासहित ४९ बलमा ४० रन बनाए ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४० बलमा २१ रन, नरेश बुढायरले ३० बलमा १६ रन, पारस खड्का ३२ बलमा २१ रन र राजु रिजालले ११ बलमा ६ रन जोड्न सफल भए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई १९५ रन बनाएको थियो । नामिबियाले पुरै ओभरमा ९ विकेट गुमाउँदै १९५ रन जोड्न सफल भएको हो ।

नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी २ विकेट लिए भने पारस खड्का र सन्दिप लामिछानेले १÷१ विकेट लिएभने दुई रनआउट लिएका थिए ।

नेपाल र नामिबियाबीचकाे अर्काे खेल ६ वैशाख विहान ९ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...