समाचारशनिबार, बैशाख ४, २०७३

स्थापनाको सात वर्षपछि फोरम लोकतान्त्रिकको महाधिवेशन

हिमालखबर

पार्टी स्थापनाको सात वर्षपछि मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन हुने भएको छ ।

bijaya२०६६ मा मधेशी जनाधिकार फोरम नेपालबाट विभाजित भएर बनेको फोरम लोकतान्त्रिकको आगामी २०–२२ वैशाखमा प्रथम राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । महाधिवेशन विराटगरमा हुने उनले बताए ।

सम्मेलनमा गच्छदारले संविधानको सफल कार्यान्वयनसँगै मुलुकको शान्ति, विकास, राजनीतिक स्थायित्व र राष्ट्रिय एकता देशको अहिलेको आवश्यकता भएको बताए । लामो समयदेखि विभेदमा परेका महिला, मधेसी, थारु, जनजाति, दलित, मुस्लिम, अल्पसङ्ख्यक तथा पिछडा वर्गका मुद्दालाई सम्बोधन गर्नेमा महाधिवेशन केन्द्रित हुने उनको भनाई थियो ।

पुनःआन्दोलनको घोषणा गरेका मधेशी मोर्चालगायत दललाई वार्ता र संवादको माध्यमबाटै समस्या समाधान गर्न सकिने भन्दै उनले त्यस निम्ति संविधान संशोधन गर्नुको विकल्प नरहेको बताए ।

“आन्दोलन गर्नु उहाँहरुको लोकतान्त्रिक अधिकार हो, तर अहिले आन्दोलन गरेर देशलाई अप्ठ्यारो पार्नुहुन्न”, गच्छदारले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>