थप समाचारआइतबार, बैशाख ५, २०७३

इक्वेडोरमा भूकम्प, कम्तिमा ७७ को मृत्यु (अपडेट)

हिमालखबर

earthquakeइक्वेडोरमा पश्चिमी समुद्र किनार नजिक ७.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पले धेरै क्षति पुर्‍याएको र सुनामीको चेतावनी दिइए पनि कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन ।

उपराष्ट्रपति खोर्के ग्लासका अनुसार प्रारम्भिक रिपोर्टले ७७ जनाको मृत्यु भएको देखिएको स्थानीय टेलिभिजनलाई बताएका छन् ।

त्यहाँको स्थानीय समय अनुसार शनिबार साँझ  ८ बजे गएको भूकम्पको केन्द्र सतहभन्दा २० किमी मुनी थियो ।

प्रभावित शहरहरुमा घर पुल जस्ता संरचना भत्किएकाले हताहतीको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ ।

सुनामी आउनसक्ने भन्दै समुद्री तटका वासिन्दालाई त्यहाँबाट टाढा जान भनिएको छ ।

छिमेकी देश पेरुमा पनि उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>