Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अर्को जुनी - Himalkhabar.com

थप समाचारआइतबार, बैशाख ५, २०७३

अर्को जुनी

हिमालखबर

-चञ्चला सुब्बा

chanchalaउमेर बढ्दै जाँदा ‘म त केटी हुँ’ जस्तो लाग्न थाल्यो । केटीकै पहिरन र श्रृंगारमा सजिने चाहना जाग्दा पुरुष यौनाङ्ग घाँडो लाग्थ्यो ।

२२ फागुन अपराह्न ५ बजेतिर म थाइल्याण्डको ब्यांकक्स्थित प्रतुनामा पोलिक्लिनिकमा थिएँ । बिरामी त थिइनँ, तैपनि स्ट्रेचरमा थिएँ । अचानक मनमा अनेक कुरा खेल्न थाले । परिवार, आफन्त र कतिपय साथीसँगीलाई थाहै नदिई म सुटुक्क ब्यांकक् आएकी थिएँ । सबैलाई एकएक गर्दै सम्झिएँ । यो सम्झना अन्तिम पनि हुन सक्छ भन्ने लागेर मन भारी भएर आयो ।

म शल्यक्रियाबाट लिंग परिवर्तन गर्न गइरहेकी थिएँ । यही चाहनाले मलाई झापाको दमकबाट ब्यांकक्सम्म पुर्‍याएको थियो ।

प्रकृतिले मलाई मोरङको बबियाविर्ता–९ मा पुरुषको रुपमा जन्माएको हो । तीन दिदीपछिको एक्लो छोरो म, सबैको प्यारो । तर, उमेर बढ्दै जाँदा ‘म त केटी हुँ’ जस्तो लाग्न थाल्यो ।

केटीकै पहिरन र शृंगारमा सजिने चाहना जाग्थ्यो । केटा साथीसँग संगत टुट्दै गयो । पछि त केटीकै शौचालय जान थालें । आफ्नो पुरुष यौनाङ्ग घाँडो लाग्थ्यो ।

सन् २००८ मा नीलहीरा समाजबारे थाहा पाएँ । आफूजस्तै तेस्रोलिङ्गीहरूसँग भेटघाट भयो । आत्मविश्वास पनि बढ्यो । तर परिवारको बिंडो थाम्ने छोरो त मै थिएँ, परिवारले स्वीकार्ने अवस्था रहेन । विस्तारै घरबाट टाढिन थालें । ८ वर्षयता म आफ्नै सर्कलमा रमाइरहेको छु । अहिले म नीलहीरा समाजको पूर्वाञ्चल संयोजक बनेकी छु ।

Chaka citizenshipकेटी जस्तो देखिन मैले धेरै प्रयास गरें, गरिरहेकी छु । महिलाले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधनहरू पनि लगाएँ । यसले दाह्रीजुँगा कम आउने, स्तन बढ्ने, हातगोडाका रौं झर्दै जाने र नसा कम देखिन्छन् । कपाल लामो र सिल्की बनाएँ । मेकअपमा ठाँटिएर हिंडे ।

एक वर्षअघि ब्यांककमै छातीको शल्यक्रिया गरी स्तन बढाएँ । स्तन शल्यक्रियाले मलाई लिंग परिवर्तन गर्ने आँट दियो ।

कसैले मलाई गालामा प्याट्ट हान्यो । अनि म ब्यूँझिएँ । पाँचघण्टापछि होशमा आउँदा म चिकित्सकहरूबाट घेरिएकी थिएँ । बल्ल म बाँचेछु भन्ने लाग्यो ।

शल्यक्रियापछिको केही दिनसम्म रक्तस्राव रोकिएन । त्यसैले एकसाता जति म अस्पतालमै बसें । हेरचाहका लागि काठमाडौंबाटै एक जना तेस्रोलिङ्गी साथीलाई लगेकी थिएँ । दुई सातापछि भने ठीक हुन थाल्यो ।

२९ वर्षको उमेरमा म महिला बनेकी छु । तर, दुःखको कुरा, नागरिकता र राहदानीमा भने पुरुष नै छु, नामः चक्र लिम्बू, लिंगः पुरुष । शैक्षिक योग्यताका कागजातमा पनि त्यस्तै छ । मैले नागरिकता बनाउँदा तेस्रोलिंगीको फरक पहिचानको कुरै थिएन, तर अबका तेस्रोलिंगीले फरक पहिचान बुझिने गरी नागरिकता लिन सक्छन् ।

मैले एउटै जुनीमा दुइटा जिन्दगी बाँच्न सकें । धेरैका लागि यो सोच्नसम्म नसकिने कुरा हो । तर, म समाजको डरले लैङ्गिक पहिचान दबाएर बसेका तेस्रोलिङ्गीलाई हौसला दिन चाहन्छु ।
प्रस्तुति: गोपाल गडतौला

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>