समाचारआइतबार, बैशाख ५, २०७३

दाहाल र पौडेलबीच छलफल

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।

दाहाल र पौडेलबीच आज दाहाल निवास लाजिम्पाटमा भेटवार्ता भएको थियो ।

विभिन्न वाधा र अवरोध पन्छाएर प्रमुख दलको सहमतिमा नेपालको संविधान जारी गरिएको भन्दै अध्यक्ष दाहालले सीमाङ्कनलगायत मधेशवादी दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्न पनि ठूला दलको सहकार्य जरुरी रहेको उल्लेख गरे ।

संविधानको पूर्ण कार्यान्वयन सबैको प्रमुख चुनौती भएकाले त्यसमा सबै दल लाग्नुपर्ने, सरकार र प्रमुख प्रतिपक्षी भनेर बस्ने अवस्था नभएकाले कांग्रेसलाई सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

अध्यक्ष दाहालको आग्रहमा नेता पौडेलले प्रमुख दलको सहमति नै राष्ट्रको प्रमुख आवश्यकता रहेको भन्दै त्यसमा सहयोग गर्न आफ्नो दल तयार रहेको धारणा राखेका थिए ।

मुलुकको समस्या समाधानका लागि प्रमुख दलको सहमति अत्यावश्यक रहेको भन्दै नेता पौडेलले त्यसका लागि कांग्रेस बाधक नहुने बताउनुभएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>