Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
झुक्याएर रु २१ लाख लुटियो - Himalkhabar.com

थप समाचारआइतबार, बैशाख ५, २०७३

झुक्याएर रु २१ लाख लुटियो

हिमालखबर

झापाको दमकस्थित मुख्य चौकबाट दिनदाहडै एउटा मनी ट्रान्सफरको लाखौ रकम लुटिएको छ ।

दमक १० स्थित राजमार्ग किनारको प्रभु बैंकबाट मोरङ्ग मधुमल्लाको गंगा मनि ट्रान्सफरका चालक विष्णुप्रसाद भण्डारीले निकालेको २१ लाख रुपैयाँ लुटिएको हो ।

१० च ७८५० नम्बरको ट्रान्सफरको गाडीमा पछाडि राखिएको रु २१ लाखसहितको झोला छिनमै गाएब भएको भण्डारीले प्रहरीलाई बताएका छन् ।

भण्डारीको बयान अनुसार ५ बैशाख दिउँसो करिब साढे तीन बजे मनिट्रान्सफरको गाडीका चालक भण्डारीले निकालेको नगद गाडीमा राख्दै गर्दा नजिकै सडकमा केही नोटहरु देखे ।

तत्कालै उनले आफूले बोकेको रुपैयाँ सहतिको झोला गाडीमा राखेर सडकमा झरेको रुपैयाँ टिप्न गए । उनी फर्कंदा रु २१ लाखसहितको झोला गायब भइसकेको थियो ।

घटनाको प्रकृति हेर्दा योजनाबद्ध तरिकाबाट रकम चोरिएको हुनसक्ने र थप अनुसन्धान भइरहेको दमक प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>