Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस चितवनद्वारा खादा प्रयोगमा प्रतिबन्ध - Himalkhabar.com

समाचारआइतबार, बैशाख ५, २०७३

कांग्रेस चितवनद्वारा खादा प्रयोगमा प्रतिबन्ध

हिमालखबर

नेपाली कांग्रेस चितवनले आफ्ना कार्यक्रममा खादाको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

फाइल तस्वीर: खाद ओढेर सम्मानित कांग्रेस सभापति शेरबहादुर देउवा

फाइल तस्वीर: खाद ओढेर सम्मानित कांग्रेस सभापति शेरबहादुर देउवा

जलाउँदा वातावरणमा असर गर्ने र गाड्दा पनि नकुहिने भएकाले खादा प्रयोगलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । आजदेखि नै यसलाई कार्यान्वयनमा ल्याएको उनले बताए ।

जमिनमा पुरेको खण्डमा समेत कृषि र माटोमा समेत असर गर्ने देखिएको र ढलमा अड्किएको अवस्थामा पनि वातावरणमा असर गरेको पाइएकाले खादा प्रयोग नगर्न कांग्रेस चितवनले आफ्ना कार्यकर्तालाई समेत खादाको प्रयोग नगर्न निर्देशन दिएको छ । यसको विकल्पमा गम्छा उपयुक्त हुने जनाइएको छ ।

अन्य विकल्पमा फूलमाला, पिपलको पातजस्ता वस्तु प्रयोग गर्दा उपयुक्त हुने भन्दै यस्तो निर्णय गरिएको श्रेष्ठले बताए ।

यसले ठूलो मात्रामा नेपाली पैसा विदेश गइरहेको समेत कांग्रेसले जनाएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनसमेत काँग्रेस चितवनले आह्वान गरेको छ ।

जिल्लामा उत्पादित फोहरमा खादा अत्यधिक देखिएको छ । चितवनमा गएको वर्ष करिब १९ करोडको खादामात्रै बिक्री भएको तथ्याङ्क आएकाले यसरी पैसा खेर नफाल्नसमेत आग्रह गरिएको श्रेष्ठले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>