समाचारआइतबार, बैशाख ५, २०७३
हरि फुयाँल महान्यायाधीवक्तामा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता हरि फुयाँललाई महान्यायाधीवक्तामा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज, ५ वैशाखमा फुयाँललाई महान्यायाधीवक्ता नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिए ।
हरिकृष्ण कार्कीले राजीनामा दिएपछि रिक्त रहेको पदमा फुयाँल नियुक्त भएका हुन् । कार्की सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
बेलायतको एसेक्स युनिभर्सिटिबाट ‘ह्युमन राइट्स ल’ अध्ययन् गरेका फुयाँल मानवअधिकार र संक्रमणकालीन न्यायसम्बन्धी कानूनका जानकार मानिन्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>