थप समाचारसोमबार, बैशाख ६, २०७३
नक्कली फेसबुक आइडी बनाएर दुख दिने युवती पक्राउ
फेसबुकमा नक्कली आइडी खोलेर अश्लील अभिव्यक्ति तथा तस्वीर पोस्ट गरेको अभियोगमा प्रहरीले पर्वतबाट एक युवतीलाई पक्राउ गरेको छ ।
पर्वतको खौलालाकुरी गाविस–१ की १९ वर्षीया सारदाले अरुको फोटो राखी नक्कली आइडी बनाएर अश्लील टिप्पणी पोस्ट गर्दै आइरहेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले उनलाई घरबाट पक्राउ गरेको हो ।
जिल्लाको पाङराङ–७ बस्ने एक २० वर्षीया युवतीको नाममा उनकै तस्वीर राखेर नक्कली आइडी बनाएर सो कार्य गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनले सानी काली सशीला नामको नक्कली आइडी बनाएर पीडित युवतीको फोटोसँग अरुको फोटो जोडेर फेसबुकमा राख्ने गरेको पीडितले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले वैशाख ३ गते सारदालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकी कुवँरले मन पाराउने युवक र पीडित युवती नजिकको साथी भएकाले दुई जनाको सम्बन्ध बिर्गान तथा बदला लिने भावनाले यस्तो गरेको अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए ।
नक्कली फेसबुक आइडी प्रयोगकर्ता कुवँरलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
