Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री ओली कीर्तिपुर खेल मैदानमा - Himalkhabar.com

समाचारसोमबार, बैशाख ६, २०७३

प्रधानमन्त्री ओली कीर्तिपुर खेल मैदानमा

हिमालखबर

विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेको नेपालले फिल्डिङ गरिरहेको छ । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट व्यक्ति खेलस्थलमा सहभागी छन् ।

त्यस्तै, मैदानमा करिब १५ हजार दर्शक उपस्थित भइसकेका छन् भने दर्शक आउने क्रम जारी छ । धेरै दर्शक हातमा राष्ट्रिय झन्डा बोकेर नेपाल, नेपाल भनेर चिच्याइरहेका छन् ।

नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । राजु रिजालको स्थानमा सागर पुनलाई ल्याइएको छ । राजु ‘प्लेइन ११’ मा नपरेपछि विकेटकिपरको भूमिका भने अब विनोद भण्डारीले निभाउने छन् ।

आज नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, राजेश पुलामी मगर, सागर पुन, नरेश बुढाएर र सन्दीप लामिछाने छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ ।

यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ ।
सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छन् ।

गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निरासाजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुवै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो ।

नेपालले शनिबारको जितसँगै जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अङ्क नै छ ।

एक दिवसीय खेलमा भने नेपाल र नामिबिया यसअघि दुई पटक भिड्ेका छन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व लिग क्रिकेट ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानाडामा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाल पराजित भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>