Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
थर्मल प्लान्ट खरीद रोक्न लविङ - Himalkhabar.com

अर्थ/बजारमंगलबार, मंसिर १९, २०६९

थर्मल प्लान्ट खरीद रोक्न लविङ

हिमालखबर

सरकारको निर्णयपछि नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको थर्मल प्लान्ट खरीद प्रक्रिया रोक्न विपक्षी दलका पूर्व अर्थ तथा उर्जा मन्त्रीहरुले दबाब थालेका हुन् । उनीहरुले १९ मंसिरमा राष्ट्रपति डा. रामबरण यादवलाई भेटेर प्राधिकरणले अघि बढाएको प्लान्ट खरीद प्रक्रिया र माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको क्षमता वृद्धिका लागि गरिरहेको तयारीलाई रोक्न ध्यानाकर्षण गराएका छन् ।

डिजेल प्लान्ट खरीद र माथिल्लो त्रिशुली थ्री एको क्षमता वृद्धिको पछाडि ठूलो आर्थिक घोटलाको आशंका रहेको र त्यस्ले देशलाई फाईदा नगर्ने भएकाले राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले जानकारी दिए । उनीहरुले संसद नभएको बेला कामचलाउ सरकारले आर्थिक घोटलाकै लागि थर्मल प्लान्ट ल्याउने र त्रिशुली थ्री एको क्षमता वृद्धि गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

आजै उनीहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर त्रिशुली थ्री ए को क्षमता वृद्धि नगर्न आग्रह गरेका छन् । ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए आयोजनाको क्षमता बढाएर सरकारले ९० मेगावाट बनाउन तयारी गरिरहेको आरोप लागिरहेको बेला उर्जा मन्त्री समेत रहेका प्रधानमन्त्री भट्टराईले आफूले क्षमता बढाउने निर्णय तत्कालै नगर्ने बताएको भेटमा सहभागी पूर्व उर्जामन्त्री गोकर्ण विष्टले बताए ।

यसअघि, विपक्षी दलका पूर्व अर्थ एवम् उर्जा मन्त्रीहरुले काठमाण्डुको एक होटलमा छलफल गरेर थर्मल प्लान्ट र माथिल्लो
त्रिशुली थ्री एको क्षमता बढाउने तयारीका विरुद्ध कडाईकासाथ दबाबमा उत्रिने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>