समाचारसोमबार, बैशाख ६, २०७३
नेपाललाई नामिबियाद्वारा २४० रनको लक्ष्य
आईसीसी वर्ल्ड कप क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले नामिबियाबाट २४० रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले ९ बिकेट गुमाउँदै २३९ रन बनायो ।
नेपालका तर्फबाट वसन्त रेग्मीले २, शक्ति गौचनले २ र सन्दिप लामिछानेले २ बिकेट लिए भने सागर पुनले एक बिकेट लिए ।
नामिबियाका ३ खेलाडी रन आउट भए ।
यसअघि ४ बैशाखमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध ५ विकेटले जित हात पारेको थियो ।
आजको खेलमा नेपालका तर्फबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, बिनोद भणडारी, राजेश पुलामी, सागर पुन, नरेश बुढाऐर र सन्दिप लामिछाने खेल्दैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
