समाचारसोमबार, बैशाख ६, २०७३

मधेशी नेतालाई सत्ता र भत्ता त्याग्न बाबुरामको सुझाव

हिमालखबर

baburamपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेशी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने नेताहरुको दोहोरो चरित्रका कारण मधेश आन्दोलन उपलब्धिविहीन भएको दाबी गरे ।

उनले मधेशी नेताले मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडेर सडकमा आउन सुझाव समेत दिए ।

लामो बन्द र हडतालका कारण मधेश आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा निकै पछाडि परिसकेकाले अब मधेश र मधेशीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने उनको भनाई थियो ।

उनले नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि आफूसँग सहकार्य गर्न मधेश केन्द्रित दलहरुलाई आग्रह समेत गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>