समाचारसोमबार, बैशाख ६, २०७३

कांग्रेस सरकारमा सहभागी हुनुपर्छः नेता नेपाल

हिमालखबर

mkn2नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षको मानसिकताले संबिधान कार्यान्वयनमा जटिलता हुने भएकाले कांग्रेस सरकारलाई सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।

प्रेस चौतारी नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले भने, “राष्ट्रिय सहमतिमा अगाडि बढ्नु पर्छ त्यसका लागि पक्ष–विपक्ष हुनुहुँदैन’ । संबिधान निर्माणमा जसरी सहमति जुटेको थियो त्यही भावना अनुसार संविधान कार्यान्वयनमा मनहरु मिल्नुपर्छ ।”

उनले मधेशमा भएको आन्दोलन मधेशी जनताको नभइ केही मधेशकेन्द्रित दलका नेताहरुको भएको दाबी गर्दै थपे, “मधेशमा एमाले छुट्टै मधेश छुट्टै भन्ने हुँदैन ।”

एमाले भित्रको गुटबन्दीले सरकारलाई अप्ठेरो पार्न खोजेको भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “गुटबन्दी छ भनेर गीत गाएर हिँड्ने होइन, पारदर्शीता र मापदण्ड तोक्यौँ भने जुनसुकै तहको गुटबन्दी अन्त्य हुन्छ ।” सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनले बताए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>