रमझममंगलबार, बैशाख ७, २०७३

आत्मविश्वासी अश्मी

अनुशील

miss_nepalमाल्भिका सुब्बा ‘मिस नेपाल’ हुँदा अश्मी श्रेष्ठ ८ वर्षकी थिइन्। तर, उनै माल्भिकाको प्रभावले उनमा कुनै दिन ‘मिस नेपाल’ हुने महत्वाकांक्षा पलायो। २६ चैतमा राजधानीमा भएको ‘मिस नेपाल वर्ल्ड २०१६’ ले उनको वर्षौंको सपना साकार पारिदियो।

२२औं ‘मिस नेपाल’ जितेलगत्तै २२ वर्षमा हिंडिरहेकी चितवनकी अश्मीको दिनचर्या बदलिएको छ। मुख्य उपाधिसँगै ‘मिस इन्टेलेक्चुअल’, ‘मिस फोटोजेनिक’ र ‘बेस्ट इभिनिङ गाउन’ उपाधि समेत जितेकी उनी बीबीए अन्तिम वर्षकी विद्यार्थी हुन्।

केही फेशन शो र विज्ञापनमा समेत काम गरिसकेकी अश्मी अब देशका लागि केही गर्ने अवसर आएको बताउँछिन्। “मिस नेपालको एक वर्ष मात्र होइन, जीवनभर समाजप्रतिको दायित्व पूरा गर्नेछु।”

व्यापारिक परिवारमा हुर्केकी अश्मीले आफ्नो भविष्य ग्ल्यामरमा कमै देखेकी छन्। उनी भन्छिन्, “ग्ल्यामरका अन्य क्षेत्र मन नपर्ने होइन, तर म सफल उद्यमी बन्न चाहन्छु।”

इन्डोनेसियामा हुने ‘मिस वर्ल्ड–२०१६’ प्रतियोगिताको तयारी गरिरहेकी अश्मी विश्वमाझ्ा नेपालको विविधता बुझाउन र पर्यटन प्रवर्द्धक बन्न चाहन्छिन्। २०७२ सालमा नेपालीले धेरै पीडा बेहोरे पनि नयाँ संविधानमार्फत मुलुकले अबको बाटो तय गर्ने अश्मीको तर्क छ। “आशा गर्ने प्रशस्त ठाउँ छन्, त्यसैले निराशालाई ठाउँ छैन”, उनी भन्छिन्।

अनुशील

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>