Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ वर्षपछि प्राश्नाको ‘प्राश्ना’ - Himalkhabar.com

रमझममंगलबार, बैशाख ७, २०७३

६ वर्षपछि प्राश्नाको ‘प्राश्ना’

हिमालखबर

prashnaaaaगायिका प्राश्ना शाक्यको चौथो एकल अल्बम ‘प्राश्ना’ बजारमा आएको छ ।

६ बैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा गायक दीप श्रेष्ठ, संगीतकार सचिन सिंहलगायतले उनको अल्बम विमोचन गरे ।

“अरूका एल्बमका गीत र जिंगलहरू गाएरै व्यस्त भएकाले आफ्नो अल्बम निकाल्न ढिलो भयो”, ६ वर्षपछि एकल अल्बम निकालेकी गायिका शाक्य भन्छिन्, “६ वर्षको ग्याप यही अल्बमले पूर्ति गर्ने विश्वास लिएकी छु ।”

गायक दीप श्रेष्ठका अनुसार गायनलाई गम्भिरतापूर्वक लिने भएकाले प्राश्नाका गीतले दर्शक रिझउनेछन् । “चर्चाका लागि मात्रै गीत गाउनेको जमात बढिरहेका बेला प्राश्ना जस्ता कलाकार अगाडि आउन जरुरी छ”, उनले भने ।

अल्बममा ‘म त सोझी सोझी’, ‘लामो बाटो’ गरी पाँच गीत समाविष्ट छन् । तिनमा निलम आङ्बुहाङ राई, नरेश भट्टराई र सरिता तन्डुल्कारका शब्द छन् भने सुनील मास्के, फुर्वा शेर्पा, सचिन सिंह, हरि लम्साल र प्रविण बराईलीले संगीत भरेका छन् ।

विसं २०५३ बाट सांगीतिक क्षेत्रमा लागेकी प्राश्नाका ‘आवाज देऊ’, ‘हाम्रो गाउँले जीवन’, ‘ए मेरी जुनकीरी’ जस्ता गीत चर्चित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>