Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युनेस्को महानिर्देशकद्वारा तिलौराकोट उत्खनन्‌को अवलोकन - Himalkhabar.com

समाचारबुधबार, बैशाख ८, २०७३

युनेस्को महानिर्देशकद्वारा तिलौराकोट उत्खनन्‌को अवलोकन

हिमालखबर

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

युनेस्कोकी महानिर्देशक लरिना बोकोभाले राजा शुद्धोधनको प्राचीन दरबार क्षेत्र तिलौराकोटमा भइरहेको उत्खनन्को अवलोकन गरेकी छन् ।

गौतम बुद्धले जीवनको २९ वर्ष बिताएको भनिएको तिलौराकोट दरबार क्षेत्रमा भएको उत्खनन्को अवलोकन गर्दै महानिर्देशक बोकोभाले प्राचीन कपिलवस्तु क्षेत्रको विकास र संरक्षणमा स्थानीय सर्वसाधारणको पनि सहभागिता गराउनु पर्नेमा जोड दिएकी छन् ।

युनेस्को, जेफिड (जापान फन्ड ईन ट्रस्ट) र नेशनल जियोग्राफी सोसाईटी अमेरिकाको सहयोगमा लुम्बिनी बिकास कोष, पुरातत्व बिभाग र बेलायतको दुरहाम विश्वविद्यालयका पुरातत्वविदहरुको संयुक्त टोलीले तिलौराकोटमा उत्खनन् गरिरहेको छ ।

महानिर्देशक बोकोभोले युनेस्कोले प्राचीन कपिलवस्तु पुरातात्विक क्षेत्रको विकासका लागि सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

महानिर्देशक बोकोभोलाई उत्खनन् कार्यमा संलग्न रहेका बेलायतका दुरह्याम विश्वविद्यालयका प्रोफेसर कनिंघमले उत्खनन्मा भएको प्रगतीबारे जानकारी गराएका थिए ।

दोस्रोचरणको तिलौराकोट उत्खनन् अन्वेषण परियोजना अन्र्तगत तिलौराकोटका ३ र निग्रोधारामको एक ठाउँमा उत्खनन् भएको छ ।

उत्खननमा पूर्वीद्वार नजिकको सुरक्षा पर्खालसँगै अन्य संरचनाहरु समेत फेला परेको पुरात्तवविद् तथा युनेस्कोका कन्सल्टयान्ट कोष प्रसाद आचार्यले बताए ।

एक वर्षअघि गरिएको भूभौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) अनुसार उत्खनन् गर्दा विभिन्न संरचनाहरु रहेको देखिएको उनले जानकारी दिए ।

फेला पारिएका संरचनाको बाँकी उत्खनन र बैज्ञानिक परीक्षण पछि थप स्पटता आउने उनको भनाई छ ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>