रमझमबुधबार, बैशाख ८, २०७३

देवकीः इनसर्च अफ देवीको प्रिमियर शो

हिमालखबर

PIcture

सुदूरपश्चिममा व्याप्त ‘देउकी’ प्रथाको बारेमा निर्मित वृत्तचित्र ‘देवकीः इन सर्च अफ देवी’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । उन्मुलन भइसकेको भनिए पनि यो कुप्रथा अझै चलिरहेको प्रमाणसहित तयार पारिएको वृत्तचित्र काठमाडौँमा पत्रकार, दलका नेता तथा महिला अधिकारकर्मीलाई देखाइयो ।

सञ्चारकर्मी देवकी विष्ट निर्देशित वृत्तचित्र हेरेपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफूले उन्मुलन भएको ठानेको देउकी प्रथा अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए । अनेरास्ववियुकी अध्यक्ष नविना लामा भक्कानिएर प्रतिक्रिया विहिन भईन् ।

वृत्तचित्रले देउकी प्रथाको शुरुवातसँगै विभिन्न समयमा चढाइएका देउकीहरुको खोजी गरेको छ । देउकी चढाउने कार्य अहिले पनि लुकीछिपी भइरहेको छ ।

१२ वर्षे हिंसात्मक द्वन्द्वका बेला माओवादीको डरले देउकी प्रथामा कमी आए पनि अझै यो प्रथा कायम रहेको निर्देशक विष्ट बताउँछिन् ।

वृत्तचित्र हेरिसकेपछि रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नेपालमा महिलामाथि हुने हिंसा अन्त्यका लागि पुरुषहरुको पनि साथ चाहिने उल्लेख गरिन् । नेकपा क्रान्तिकारी माओवादीका नेता लेखनाथ न्यौपानेले सुन्दै लाज लाग्नु पर्ने कुप्रथा अझै पनि समाजमा विद्यमान रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>