रमझमबुधबार, बैशाख ८, २०७३
‘सेता पुतली’ को विश्वयात्रा
धरानका मिलन राई (३०) कागजका ‘सेता पुतली’ लिएर २७ चैतमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको साउथ एशिया इन्ष्टिच्यूटमा पुगे। तीन वर्षअघि महिला हिंसाको विरोधमा राजधानीमा आयोजित ‘अकुपाई बालुवाटार’ बाट चर्चा पाएका उनका सेता पुतली अहिले ४० देशमा फैलिइसकेका छन्। हालै बेल्जियमको ब्रसेल्समा भएको आत्मघाती हमलापछि शोकसभामा मिलनका सेता पुतली पनि पुगेका थिए।
सर्जक मिलनलाई सेता पुतलीले अभियानकै रुप लेला भन्ने पटक्कै लागेको थिएन। स्टुडियोमा बसेर चित्र कोरिरहेका वेला अचानक भित्र पसेको पुतली देखेपछि उनलाई यस्तो अवधारणा फुरेको थियो। “सबैले मनपराए, स्वस्फूर्त सहयोग मिल्यो”, उनी भन्छन्।
पुतलीका अनेक रंग हुन्छन्। तर, किन सेता पुतली ? मिलन स्वयंसँग यसको उत्तर छैन। उनी सेता पुतलीलाई परिवर्तनका संवाहक भन्न रुचाउँछन्। “तर; शान्ति, आशा, प्रेम, स्वतन्त्रता, एकता र सहयोगको प्रतीकका रुपमा पनि यसको प्रयोग भइरहेको छ”, उनी भन्छन्।
सविता श्रेष्ठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
