समाचारबुधबार, बैशाख ८, २०७३

मन्त्री पोखरेल थाइल्यान्ड प्रस्थान

हिमालखबर

Ananda-pokhralथाइल्यान्डको राजधानी बैंककमा हुने ‘नेपाल महोत्सव’ मा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री आनन्दप्रसाद पोखरेल आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाली राजदूतावास, बैंकक र गैरआवासीय नेपाली सङ्घ, थाइल्यान्डको संयुक्त आयोजनामा यही वैशाख ९ देखि १३ गतेसम्म बैंककमा नेपाल महोत्सव हुँदैछ ।

नेपालको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने र नेपाल–थाइल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । सम्मेलनका प्रमुख अतिथि मन्त्री पोखरेलले महोत्सवको उद्घाटन तथा सम्बोधन गर्नेछन् ।

साथै, महोत्सवमा गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पमा परी दिवङ्गत भएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । मन्त्री पोखरेल यही वैशाख ११ गते स्वदेश फर्कने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>