थप समाचारबुधबार, बैशाख ८, २०७३

क्षतिग्रस्त विद्यालय पुनःनिर्माण गर्दै जाइका

हिमालखबर

धादिङ्को ज्वालामुखी निमाविको  पुननिर्मित कक्षाकोठामा विद्यार्थी ।  तस्वीर: सवित श्रेष्ठ

धादिङ्को ज्वालामुखी निमाविको पुननिर्मित कक्षाकोठामा विद्यार्थी । तस्वीर: सवित श्रेष्ठ

जापानी अन्तराष्ट्रिय सहयोग निकाय (जाईका) ले भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये पहिलो चरणमा ७१ वटा विद्यालय छनौट गरी पुनःनिर्माणको तयारी गरेको छ ।

गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लामा सञ्चालन गरिने स्कुल पुनःनिर्माण परियोजना अन्तर्गत विद्यालयको पुनःनिर्माण गर्न लागिएको जाईकाका कार्यक्रम प्रबन्धक कृष्ण लम्सालले बताए । आउने अगष्टबाट शुरु गरिने पुनःनिर्माणको कार्य सन् २०१९ को अगष्टसम्म सञ्चालन हुनेछ ।

जाईकाले यसअघि करीब ३० जिल्लाका विद्यालयमा ९ हजार कक्षा कोठाहरु निर्माण गरेको थियो ।

त्यसैगरी गोरखा, धादिङ र नुवाकोटमा भुकम्पका कारण आंशिक क्षति पुगेका १८४ वटा कक्षा कोठाको पुनःस्थापनाको काम पनि जाइकाले अघि बढाएको छ । जसमध्ये ३० वटा कक्षा कोठाको काम सम्पन्न भैसकेको छ । आउने जुन महिना भित्रमा सक्ने गरी ९० वटा कक्षाको मर्मत पुरा हुने क्रममा छन् भने ६४ वटाको मर्मत शुरु गरिएको छ ।

जाईकाको सहयोगमा बनेको २ कोठे भवनसँगै विद्यालयको अरु भवन भूकम्पले क्षतिग्रस्त हुँदा एउटै कोठामा २ वटासम्म कक्षा चलाउनु परेको धादिङ नौबिसे ६ को ज्वालामुखी निमाविका प्रध्यानाध्यापक तुलसीप्रसाद अधिकारी बताउँछन् ।

आंशिक क्षती भएको भवन पुनःनिर्माण भएपछि विद्यार्थीले कक्षा कोठामा बसेर पढ्न पाएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>