Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अपहरणकारीको आरोपमा एमाओवादी बाराका नेता पक्राउ - Himalkhabar.com

समाचारबुधबार, बैशाख ८, २०७३

अपहरणकारीको आरोपमा एमाओवादी बाराका नेता पक्राउ

हिमालखबर

अपहरणमा संलग्न रहेको आरोपमा एमाओवादी बाराका जिल्ला सदस्यसहित दुई जनालाई प्रहरीले वीरगञ्जबाट पक्रेको छ ।

प्रहरीले कलैया– २३ का एमाओवादी बारा जिल्ला कार्य समिति सदस्य रामनारायण पाल (४०) र सोही ठाँउ बस्ने बृजकिशोर साह (२३) लाई अपहरणकारीको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुले कलैया–१० का जिआउल रहमान (३१) लाई अपहरण गरी चार दिनसम्म बन्धक बनाएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई प्रहरीले ६ बैशाख साँझ वीरगञ्जको अशोकवाटिकाबाट पक्राउ गरेको थियो ।
वीरगन्जको अशोकवाटिकामा रहेको पूर्णीमा कागज उद्योगमा बन्धक बनाएर राखिएका रहमानलाई पनि प्रहरीले सकुशल उद्दार गरेको छ ।

“दुई वर्ष पहिले रहमानले माओवादी नेता पालसंग तीन लाख रुपैयाँ सापटी लिएका रहेछन्,” प्रहरी नाउब उपरीक्षक होबिन्द्र बोगटीले भने, “रकम असुल्नका लागि पालले रहमानलाई बैशाख ३ गते वीरगञ्ज १८ भिस्वाबाट अपहरण गरेर बाराको बरैनिया, वीरगन्जको होटल गंगोत्री, टिवडेवाल धर्मशाला र अशोकवाटिकाको कागज उद्योगमा गरी चार दिन सम्म बन्धक बनाएर राखेछन् ।”

६ बैशाख सोमबार रहमानले दाजुको मोबाइलमा एसएमएस गरेर आफू अपहरणमा परेको खबर गरेका थिए । रहमानका दाजुले घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरे लगत्तै खटिएको प्रहरीको टोलीले रहमानलाई अशोकवाटिकाको कागज उद्योगबाट उद्दार गर्नुको साथै अभियुक्तलाई पक्रेको प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले बताए ।

पाल र साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>