थप समाचारबिहीबार, बैशाख ९, २०७३

यसवर्ष रासायनिक मलको अभाव नहुने

हिमालखबर

तस्वीर: जियालाल साह

तस्वीर: जियालाल साह

यसवर्षका लागि पर्याप्त मात्रामा रासायनिक मल आयात भइसकेकाले अघिल्ला वर्षहरुमा झैं खेतिका बेला मलको हाहाकार नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

किसानहरुले खेतबारीमा हाल्न मलको अभाव ब्यहोर्दै आएकोमा यस वर्ष भने बेलैमा पर्याप्त मल ल्याएर भण्डारण गरिसकेकाले रासायनिक मलको अभाव नहुने कृषि कम्पनी लिमिटेड वीरगञ्जका क्षेत्रीय प्रवन्धक राजेन्द्रबहादुर कार्कीले बताए ।

कुल माग ३ लाख ५० हजार मेट्रिक टन अनुसारकोे १ लाख ८० हजार मेट्रिक टन युरिया, ७० हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन पोटास नेपाल भित्रिसकेको उनले बताए ।

उनका अनुसार थप रासायनिक मल केही दिनमै गोदाममा भित्रिसक्ने छ ।

क्षेत्रीय कार्यालय वीरगञ्जले वीरगंज चिनी कारखाना, भुटनदेवी र नेशनल ट्रेडिङ लिमिटेडको गोदाम भाडामा लिएर ३ लाख ५० हजार बोरा मल भण्डारण गरिसकेकाले धान रोपाईको समयमा कृषकहरुलाई समस्या नहुने प्रबन्धक कार्किले बताए ।

उनका अनुसार क्षेत्रीय कार्यालय अन्तर्गतका ७ जिल्लाबाहेक पश्चिमाञ्चलका पर्वत, दमौलि, पोखरा, नवलपरासी, गोर्खा जिल्लामा रहेका गोदाममा ३ लाख बोरा मल मौज्दात छ ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>