थप समाचारबिहीबार, बैशाख ९, २०७३

भारत जाँदै गरेकी किशोरीको उद्धार

हिमालखबर

भारतमा बेच्न लगिंदै गरेको अनुमान गरिएकी जाजरकोटकी एक किशोरीलाई माइती नेपालले नेपालगञ्ज–रुपैडिहा नाकाबाट उद्धार गरेको छ ।

उद्धार गरिएकी जाजरकोट अर्छानी ६ की १७ वर्षीया किशोरीलाई अहिले माइती नेपालको नेपालगन्ज कार्यालयमा राखिएको छ ।

किशोरीले भने आफू भारतको उत्तरकासी भन्ने ठाउँमा रहेका आफना बुवालाई भेटन जान लागेको बताएकी छन् । तर उनका बुवा उत्तरकाशीमा नभई गाउँमै छन् । परिवारका कोही पनि उत्तरकाशीमा छैनन् ।

माइती नेपाला नेपालगन्जका संयोजक केशवराज कोइरालाका अनुसार किशोरी एक्लै भेटिएको र उनले बुवालाई भेट्न जान लागेको बताए पनि उनको कुरा गराई र हाउभाऊ हेर्दा कसैले ललाईफकाई गरी भारत लैजान लागेको स्पष्ट भएको बताए ।

एसएलसी दिएर घरमै बसेकी किशोरी कसैलाई खवर नदिएर एक्कासी बेपत्ता भएकी थिइन् । “छोरी हराएपछि गाउँघर आफन्त सबै तिर खोज्यौं, अहिले नेपालगञ्जमा छ भन्ने थाहा पाएर लिन जाँदैछु,” जाजरकोटमै रहेका किशोरीका बाबुले भने ।

ठूलो शहर घुम्ने र धेरै कमाउने लोभ देखाउदै दलालहरुले किशोरीहरुलाई ललाइफकाई भारतमा लगेर बेच्ने गरेको र यो घटनामा पनि कुनै दलालको हात भएको प्रहरीले जनाएको छ ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>