समाचारबिहीबार, बैशाख ९, २०७३

देउवा र स्वराजबीच दिल्लीमा भेट

हिमालखबर

तस्वीर: भारतीय विदेशमन्त्रालयका प्रवक्ताको ट्विटर बाट

तस्वीर: भारतीय विदेशमन्त्रालयका प्रवक्ताको ट्विटर बाट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

पत्नी आरजु देउवाको उपचारका लागि ६ बैशाखमा नयाँ दिल्ली पुगेका देउवाले विदेशमन्त्री स्वराजसँगआज भेट गरेका हुन् ।

कांग्रेस सभापति भइसकेपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

गत वर्षदेखि चिसिएको नेपाल भारत सम्बन्ध र नेपालमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला देउवाको भारतीय नेताहरुसँग भेटलाई अर्थपूर्ण मानिएको छ ।

हाडजोर्नीको समस्याबाट पीडित आरजुको उपचार दिल्लीको फोर्टिज अस्पतालमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>