समाचारबिहीबार, बैशाख ९, २०७३

मनास्लु पदमार्गको मर्मत (फोटो फिचर)

हिमालखबर

m1गोरखाको बारपाक हुँदै मनाङ पुग्ने मनास्लु पदमार्गको मनाङ खण्डको स्थानीयबासीले मर्मत तथा सरसफाई गरेका छन् ।

१२ बैशाखको भूकम्पमा क्षतिग्रस्त भएपछि बन्द रहेको पदमार्ग सामान्य मर्मतपछि सुचारु भए पनि अघिल्ला वर्षहरुमा जस्तो पर्यटक नआएको भन्दै स्थानीयले थप मर्मत र सरसफाई गरेका हुन् ।

m2अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले स्थानीय स्तरमा गठन गरेको संरक्षण क्षेत्र व्यवस्थापन समिति थोँचेको आयोजनामा थोँचेदेखि भिमथाङ हुँदै ३ हजार ४ सय मिटरको लार्केपासको फेदीसम्म सरसफाई गरिएको जिविस मनाङका मेनका घलेले जानकारी दिईन् ।

m3पदमार्गमा नियमित सरसफाई गर्न सके पर्यटकका लागि थप आकर्षक हुने स्थानीयको विश्वास छ ।

m4मनास्लु पदमार्ग गोरखाबाट लार्केपास भएर मनाङ हुँदै लमजुङ सदरमुकाम बेसीशहर पुगेर टुंगिन्छ ।
शब्द–युवराज श्रेष्ठ, तस्वीर– मेनका घले

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>