रमझमबिहीबार, बैशाख ९, २०७३

‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’

हिमालखबर

sodhaपर्साका सोधा यादवले गीत मार्फत पहाड र तराईको दुरीलाई कम गर्ने प्रयास गरेका छन् । अहिले उनको गीतले मध्य तराईमा चर्चा कमाएको छ ।

‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’ बोलको भोजपुरी देश–गीत मार्फत पर्साको नगरदाहाका सोधाले तराई पहाड हिमालको सुन्दर बर्णन गरेका छन् । उनले यो गीत करिब साढे दुई वर्ष पहिले नै रचना गरी गाएको भए पनि यसले चर्चा भने भर्खरै पाउन थालेको हो ।

नेपालमा सम्पूर्ण जातजाति भाषभाषी सदियौंदेखि मिलेर बसेको भन्दै गीतले सम्पूर्ण नेपालीलाई जोड्ने प्रयास गरेको छ ।

उनको गीत सुनेर प्रभावित भएका अमेरिका निवासी एक नेपालीले सुधा यादव र उनको टोलीलाई रु १० हजार ५ सय सहयोग गरेका छन् ।

समुदाय र व्यक्तिव्यक्ति बीच फाटो बढाउने काम भइरहेका बेला सुदुर गाउँमा बसेर देश जोड्ने गीत गाउने सुधा यादव जस्तो प्रतिभालाई ‘एक्सोपजर’ दिनुपर्ने वीरगञ्जका अरविन्द सिंहको धारणा छ ।

सुधा यादव आफैं गीत लेख्छन्, संगीत भर्छन र गाउँछन् । यसमा साथ दिन उनको वाद्यवादक टोली पनि छ ।

अमेरिका निवासी नेपालीले पठाएको सहयोग रकममा सानो भए पनि यसले आफूलाई ठूलो प्रेरणा दिएको यादवको भनाई छ । उनी भन्छन, “यसलाई सहयोग भन्दा पनि सम्मान ठानेको छु मैले ।”
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>