थप समाचारबिहीबार, बैशाख ९, २०७३
११३ क्वीन्टल सुपारी बरामद
बाराको मटिअर्वाबाट प्रहरीले तस्करी गरेर भारत तर्फ लैजान लागिएको ठूलो परिमाणको सुपारी बरामद गरेको छ ।
मटिअर्वा–९ का बृजकिशोर साहको गोठमा लुकाएर राखेको २२७ वटा बोरामा रहेको ११३ क्वीन्टल सुपारी प्रहरीले बरामद गरेको हो ।
उक्त परिमाणको सुपारीको बजारमूल्य करिब रु २५ लाख रहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए ।
सुपारी बरामद गर्ने क्रममा साहका मान्छे र प्रहरीबीच झडप समेत भएको थियो ।
“गोठमा राखिएको अवैध सुपारी नियन्त्रणमा लिन खोज्दा साहका मान्छेहरुले प्रहरी माथि ढुंगामुढा गरेका थिए,” प्रहरी उपरीक्षक उप्रेतीले भने, “केहि बेर झडप भएपछि प्रहरीले सुपारी नियन्त्रणमा लिन सफल भयो ।”
जिल्ला प्रहरी कार्यालय बारा र अञ्चल प्रहरी कार्यालय वीरगञ्जबाट गएको प्रहरीको संयुक्त टोलीले सुपारी बरामद गरेको थियो ।
बरामद गरिएको सुपारी जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
