थप समाचारबिहीबार, बैशाख ९, २०७३
राजधानीमा पाँच महिनामा २१ हजार क्विन्टल दाउरा बिक्री

फाइल तस्वीर: १ मंसीरमा राजधानीको गौशालामा दाउरा किन्नेको लाम ।
करिब पाँच महिना कायम रहेको नाकाबन्दीमा सरकारले खाना पकाउनका लागि काठमाडौँ उपत्यकामा मात्र झन्डै २१ हजार क्विन्टल दाउरा बिक्री गरेको छ ।
नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या भएपछि सरकारले खाना पकाउनका लागि काठमाडौँ उपत्यकामा दाउरा बिक्री शुरु गरेको थियो । नाकाबन्दीमा यसबाहेक निजी क्षेत्रबाट धेरै परिमाणमा दाउरा खपत भएको थियो ।
गत २९ कात्तिकदेखि दाउरा बिक्री शुरु गरेको ‘द टिम्बर कर्पारेसन अफ नेपाल लिमिटेड’ले चैत मसान्तसम्म सो परिमाणको दाउरा बिक्री भएको जनाएको छ ।
इन्धन आपूर्तिका लागि लिमिटेडले उपत्यकामा पशुपति, बालकुमारी, स्वयम्भू र भक्तपुर डिपोबाट दाउराको परिमाणमा सीमा तोकेर सर्वसाधारणलाई घरायसी प्रयोजनका लागि बिक्री सुरु गरेको लिमिटेडका महाप्रबन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
नाकाबन्दी हटेपछि एलपी ग्यासको आपूर्ति सहज भएसँगै राजधानीमा दाउरा बिक्री पनि घट्दै गएको छ ।
कात्तिकको दुई दिन–७५४ जनाले ७२३ क्विन्टल
मंसीर– ९९६९ जनाले ७९४१ क्विन्टल
पुस – ५३०६ जनाले ४८८१ क्विन्टल
माघ– ४७७८ जनाले ४३६० क्विन्टल
फागुन– ५६८ जनाले २६५२ क्विन्टल
चैत– १०४ जनाले २४७ क्विन्टल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
