थप समाचारशुक्रबार, बैशाख १०, २०७३
अत्यधिक रक्तस्रावका कारण गर्भवतीको मृत्यु
अत्यधिक रक्तस्रावका कारण जुम्लाको मालिकाबोता गाउँकी गर्भवती महिलाको मृत्यु भएको छ ।
ज्यान गुमाउने गर्भवती महिला मालिकाबोता–५ की २० वर्षीया बाँचु रावत हुन् । मङ्गलबार दिउँसो ३ बजेदेखि उनको रगत बग्न शुरु भएको पति काशीचन्द्र रावतले बताए ।
“नजिकको स्वास्थ्य चौकीमा भन्यौँ, त्यहाँ नसक्ने भएपछि एम्बुलेन्स बोलायौँ । बाटोका कारण एम्बुलेन्स पनि समयमै नआएकाले झन्डै १० घन्टा जति उनको रगत बगिरह्यो, बचाउन सकिएन,” काशीचन्द्रले भने ।
उनका अनुसार अस्पताल पुर्याउन नसक्दा रावतको बाटैमा ज्यान गएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा पुजन रोकायाले समयमा अस्पताल पुर्याएको भए ज्यान जोगाउन सकिने बताए ।
परिवारको पूर्वतयारी र विकट स्थानबाट अस्पताल पुग्न समय बढी लागेकाले गर्भवतीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
