समाचारशुक्रबार, बैशाख १०, २०७३

अख्तियारद्वारा पत्रकार दीक्षित पक्राउ

हिमालखबर

kanakसाझा यातायातका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

‘दीक्षितविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने’ भन्दै अख्तियारले उनलाई आज, १० वैशाखमा पक्राउ गरेको हो ।

दिउँसो करिब सवा २ बजे उनलाई पाटनढोकाबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

यसअघि अख्तियारले कानूनी प्रक्रिया पुरा नगरी दीक्षितसँग सम्पत्ति विवरण माग गर्दा दीक्षितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आयोगलाई ‘कानूनको अख्तियारी र प्रयोजन नखुलाई कसैलाई अनुसन्धानको नाममा अन्य कुनै कारवाही गर्न मिल्दैन’ भनेको थियो ।

दीक्षित हिमाल खबरपत्रिकाका प्रकाशक समेत हुन् ।

अख्तियारले नियन्त्रणमा लिंदै गर्दा दीक्षितले उपस्थित सञ्चारकर्मीसँग भने, “राजा ज्ञानेन्द्रको बेलामा मलाई ठ्याक्कै यही  ठाउँबाट समातेर लगिएको थियो, अहिले लोकमान सिंह कार्कीले यही ठाउँबाट फेरि समातेर लग्दैछन् ।”  कार्की राजा ज्ञानेन्द्रले सत्ता हत्याएका बेला सरकारको मुख्य सचिव थिए ।

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>