समाचारशुक्रबार, बैशाख १०, २०७३
संघीय गठबन्धनद्वारा १५ वैशाखदेखि आन्दोलन घोषणा
मधेशी मोर्चासहितका १७ दलहरुको गठबन्धनले १५ वैशाखदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा संविधान पुनर्लेखनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको भनिएको छ ।
घोषित कार्यक्रमहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने, १९ वैशाखमा मुख्य शहरहरुमा ¥याली, प्रदर्शन गर्ने, २१ देखि ३१ बैशाखसम्म प्रमुख शहरहरुमा बृहत विरोध सभा गर्ने लगायत छन् ।
त्यस्तै १ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने गठबन्धनले निर्णय गरेको छ ।
गठबन्धनमा मोर्चाका अतिरिक्त संघीय लिम्बुवान पार्टी, लोक दल, खसान राष्ट्रिय संघर्ष समिति, नेपा: राष्ट्रिय पार्टी लगायत आवद्ध छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
