Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कपिलवस्तुमा आगलागी, ३० घर जले - Himalkhabar.com

समाचारशुक्रबार, बैशाख १०, २०७३

कपिलवस्तुमा आगलागी, ३० घर जले

हिमालखबर

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

कपिलवस्तुकोे उदयपुर– ६ मा आज, १० वैशाख दिउँसो भएको आगलागीका कारण ३० घर जलेर नष्ट हुंदा ५० लाख बढीको क्षति भएको छ ।

स्थानीय गंगाराम कुर्मीको घरको चुल्होबाट सल्किएको आगोले पुरै गाउँ लपेटेको थियो ।

आगलागीबाट स्थानीय सन्तराम यादवको नगद–जिन्सीसहित ३ वटा भैसी समेत जलेका छन् ।

दिउसो करीब ३ बजे लागेको आगो कपिलवस्तु नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा साँझ ६ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

तस्वीर: गोपाल भण्डारी

तस्वीर: गोपाल भण्डारी

आगलागी पिडितहरुलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय प्रशासन सक्रिय भएको प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले बताईन् ।

हुरी बतासका बेला आगलागीबाट बच्न सतर्कता अपनाउन पनि प्रजिअ घिमिरेले आग्रह गरेकी छिन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>