समाचारशनिबार, बैशाख ११, २०७३

संविधान बन्न नदिएर ‘कू’ गर्ने षडयन्त्रको खुलाशा हुँदैछः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बन्न नदिएर ‘कू’ गर्ने तयारीको खुलाशा हुने थालेको बताएका छ ।

काठमाडौंमा १० वैशाखमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले संविधान जारी हुन नदिन विभिन्न षडयन्त्र भएको बताए । उनले भने, “संविधान बन्न नदिएर ‘कू’को तयारी थियो भन्ने खुलाशा हुन थालेको छ ।”

९ वैशाखमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले ‘कू’ हुने संभावना टरेको बताएका थिए । पूर्वराष्ट्रपति यादवले यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै प्रधानमन्त्री ओलीले विस्तारै यसबारे खुलाशा हुँदै जाने बताए ।

उनले अवको दुई बर्षभित्र स्थानीय, प्रदेश र संघीय संसदको चुनाव गराएरै छाड्ने जनाए । प्रधानमन्त्री ओलीले भने, “काम गर्नलाई पर्याप्त समय छ, गर्ने हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>