खेलकुदशनिबार, बैशाख ११, २०७३
महिला भलिबलको रौनक
भारतको गुवाहाटीमा माघ अन्तिम साता सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक बिजेता भारतको महिला भलिवल टिमका सदस्यद्धय अनुश्री घोष र प्रिती सिंह चैत अन्तिम साता नेपालगञ्जमा थिए ।
गत बर्ष काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसीप विजेता भारतीय टिमकी सदस्य प्रिती मिश्रा, चम्पादेवी हिंडेदेखि नेपाली महिला भलिवल टिमका कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ लगायतका चर्चित महिला भलिवल खेलाडीहरुको जमघट पनि नेपालगञ्जमै थियो । सन्दर्भ थियो– तेस्रो प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता ।
भारतका दुइ सहित ६ टीम सहभागी प्रतियोगिताको उपाधि कलकत्ता टिमले उचाल्यो, नगद रु.१ लाख १ हजार ११ पुरस्कार सहित । सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो भयो भने तेस्रो स्थान भारतकै उत्तरप्रदेश टिमले हासिल ग¥यो । स्कूल किशोरीहरुको टिम काठमाडौंको न्यु डायमन्ड एकेडेमी राम्रो प्रदर्शनका बाबजुद चौथो स्थानमैं सिमित रह्यो ।
नेपालका सबै भूभागमा लोकप्रिय रहेको र माटो सुहाउँदो खेल भनिने भलिवल पछिल्लो समय ओझ्ेलमा पर्दै गएको छ र त्यसमा पनि महिला भलिवल निकै पछाडि छ । बाँके जिल्ला भलिवल संघले तीन बर्षअघि शुरु गरेको प्रधानमन्त्री कपले महिला भलिवलको रौनक फर्काउन सहयोग गरेको छ ।
२०७० मा सम्पन्न पहिलो संस्करणको उपाधि नेपाल प्रहरी क्लबले जितेको थियो भने पश्चिमाञ्चल टिम (पोखरा) र एपीएफ क्लब क्रमशः दोस्रो र तेस्रो भएका थिए । २०७१ मा सम्पन्न दोस्रो संस्करणको उपाधि भने एपीएफले जित्यो, न्यू डायमण्ड एकेडेमी (काठमाडौं) र नेपाल प्रहरी क्लब क्रमशः दोस्रो र तेस्रो भए । राजधानीपछि कभर्डहलभित्र कृत्रिम प्रकाशमा सञ्चालन हुने पहिलो प्रतियोगिताको पहिचान समेत बनाएको छ, प्रधानमन्त्री कपले ।
आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरी नेपाली भलिबल खेलाडीका निम्ति प्रतियोगिता राम्रो एक्पोजरको माध्यम बनेको बताउँछन् । भारतका अब्बल खेलाडीसँग खेलेर अनुभव बटुल्ने अवसर नेपाली महिला भलिबल खेलाडीले पाएको उनको भनाइ छ ।
“भलिबलमा प्रायोजकको खासै आकर्षण छैन, यो नै मुख्य चुनौती हो” ठकुरी भन्छन्, “तैपनि हामी प्रतियोगितालाई निरन्तरता दिनेछौं, ब्राण्ड प्रवद्र्धनका लागि मास गेममा खर्च गरेपनि हरेक कर्पोरेट गृहले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम एकद्धार प्रणालीबाट सबै खेलमा लगानी गर्ने वातावरण बन्नुपर्छ ।”